‘एसपीपी’ सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको हो : अध्यक्ष नेपाल

काठमाडाैं | असार १२, २०७९

‘एसपीपी’ सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको हो :  अध्यक्ष नेपाल

 

 काठमाडौं :     नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको दाबी गरेका छन् ।

 

अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ,’ उनले भनेका छन्, ‘कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’


२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्